बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध « Khabarhub

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले हालसम्म यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना बिमा कार्यक्रममा आबद्ध भएका बताए ।

तीमध्ये जेष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, ‘एमडीआरटी’ क्षयरोग भएका, कुष्ठरोग लागेका व्यक्तिहरूको निशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको उनले जानकारी दिए । यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको बीमा गर्दा ‘प्रिमियम’ को आधा रकम सरकारले तिर्ने गरेको जोशीले बताए ।

स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रूपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बिमा सेवा पाउने सूचीकृत स्वास्थ्य संस्थाका रूपमा रहेका छन् ।

ती संस्थामा उपचार हुन नसकेमा ‘रेफर’ गरिएका अन्य अस्पतालमा पनि निःशुल्क उपचार हुने गरेको बीमा सम्पर्क कार्यालय प्रमुख जोशीले बताए ।

स्वास्थ्य बीमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्म परिवार भएका सदस्यलाई वार्षिक तीन हजार पाँच सय ‘प्रिमियम’ तिर्नुपर्ने र सोवाफत एक लाख बराबरको उपचार निःशुल्क पाइने गरेको छ ।

पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ८ : २३ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र