इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा « Khabarhub

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र इरानबीच भएको भनिएको दुई हप्ते सर्तसहितको युद्धविराम संकटमा परेको छ । इजरायली आक्रमणमा परी लेबनानमा कम्तीमा १८२ जनाको मृत्यु भएको छ ।

यसको प्रतिक्रियास्वरूप लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायली भू-भागमा दर्जनौँ रकेट प्रहार गरेको दाबी गरेको छ । इरानको रिभोल्युसनरी गार्ड कोर्प्स (आईजीआरसी) ले इजरायलले आक्रमण नरोके उसलाई ‘पछुतो हुने गरी जवाफ’ दिने चेतावनी दिएको छ । यद्यपि, अमेरिका र इजरायलले भने हालैको युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको दाबी गर्दै आएका छन् ।

लेबनानमा बढ्दो इजरायली आक्रमणले हालैको विस्तृत युद्धविराम कति समय टिक्ला भन्नेमा गम्भीर प्रश्न खडा गरेको छ । इरानी संसदका सभामुखले युद्धविरामका तीनवटा बुँदा यसअघि नै ‘खुला र स्पष्ट’ रूपमा उल्लंघन भइसकेको आरोप लगाएका छन् । वासिङ्टन र तेहरानबीच इरानले अघि सारेको १० बुँदे योजनाको अन्तरवस्तुमा समेत मतभेद देखिएको छ ।

तनावका बीच शान्ति वार्ताको प्रयास भने जारी छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शनिबार पाकिस्तानमा हुने शान्ति वार्तामा वार्ता टोलीको नेतृत्व गर्नेछन् । यद्यपि, इरानले थप कडा अडान लिँदै अनुमतिबिना हर्मोज जलसन्धि पार गर्ने जहाजलाई ‘निशाना बनाएर ध्वस्त पार्ने’ चेतावनी दिएको छ, जसले विश्वव्यापी तेल आपूर्तिमा जोखिम बढाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र नेटोका महासचिव मार्क रुटबीचको वार्ता सकारात्मक हुन नसकेको संकेत मिलेको छ । महासचिव रुटले वार्ता ‘स्पष्ट’ भएको बताए पनि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा नेटोप्रति असन्तुष्टि पोखेका छन् । ट्रम्पले लेखेका छन्, “हामीलाई आवश्यकता परेको बेला सैन्य गठबन्धन (नेटो) साथमा थिएन ।”

क्षेत्रीय तनाव उत्कर्षमा पुगेका बेला शक्तिशाली मुलुकबीचको यो खिचातानीले मध्यपूर्वको संकट झन् लम्बिने देखिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ८ : ५४ बजे

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह