लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित « Khabarhub

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेनसँग २–० ले पराजित भएको छ। बुधबार पार्स डेस प्रिन्सेसमा भएको खेलमा लिभरपुलको कमजोर प्रदर्शन फेरि छताछुल्ल भएको छ।

आर्रने स्लोटको टोलीले सिजन जोगाउने आशामा मैदान उत्रिए पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन।

गत साता म्याचेस्टर सिटीसँग एफए कपमा भोगेको हारपछि उनले खेलाडीहरूलाई कडा प्रतिक्रिया दिन आग्रह गरेका थिए, तर टोलीले त्यसको झल्को देखाउन सकेन।

खेलमा हार टार्नका लागि स्लोटले ३-४-२-१ को रणनीति अपनाउँदै पाँच रक्षकसहितको संरचना प्रयोग गरे। तर खेलको ११औँ मिनेटमै डेजिरे डोयुको डिफ्लेक्टेड प्रहार गोलमा परिणत हुँदा लिभरपुल सुरुआतमै पछि परेको थियो।

पहिलो हाफभर लिभरपुलले एक पनि प्रहार गर्न सकेन। त्यसपछि खाभिचा क्भार्टास्खेलियाले जाओ नेभेसको उत्कृष्ट पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए। उनले गोलकिपर जीओर्जी मामार्दास्भिलीलाई छलाएर सजिलै गोल गरेका थिए।

दोस्रो हाफमा स्लोटले ७८औँ मिनेटमा चार खेलाडी परिवर्तन गरे पनि खेलको दिशा बदल्न सकेनन्। पीएसजीले थप अवसरहरू सिर्जना गरे पनि गोल गर्न असफल रह्यो।

यस हारसँगै लिभरपुल सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। यद्यपि टोली अझै प्रतिस्पर्धामा रहेको भए पनि युरोपको वर्तमान च्याम्पियनविरुद्ध पुनरागमन गर्न कठिन हुने देखिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १२ : १४ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित