पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार « Khabarhub

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व स्विकार्न सकारात्मक देखिएका छन्।

सभापति गगन थापानिकट एक नेताका अनुसार, कोइरालाले विशेष महाधिवेशनबाट बनेको नेतृत्व र कार्यसमितिलाई वैधानिक रूपमा स्विकार्दै पार्टी एकता कायम राख्न मध्यस्थ भूमिका खेल्न तयार रहेको बताएका छन्।

मंगलबार कोइरालाले दुवै पक्षसँग संवाद गर्न छुट्टाछुट्टै वार्ता टोलीसमेत गठन गरेका छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग छलफलका लागि कोइरालाले डा. मिनेन्द्र रिजाल र गोविन्द पोखरेललाई अघि सारेका छन्। संस्थापन पक्षसँग वार्ताको लागि तत्कालीन कार्यसमितिका सहायकमन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलाई जिम्मेवारी दिइएको एक नेताले बताए।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १ : ५० बजे

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण

उपसभामुख प्रकरण : वालेन्द्र हाबी हुँदा फेरि निरीह देखिए रवि लामिछाने

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउने क्रममा बिहीबार संसद्

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन्