ओलीले भने : मलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगायो « Khabarhub

ओलीले भने : मलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगायो


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर गैरकानुनी नियन्त्रणमा लिएको बताएका छन् ।

१३ दिनको हिरासत बसाइपछि बिहीबार रिहा भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनलेे मुद्दा चलाउने प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बताए ।

‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु’, ओलीले लेखेका छन् ।

अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउनेलाई आभार प्रकट गर्दै आफ्नो रिहाइको माग गर्ने क्रममा घाइते भएकाको उपचार राज्यले गर्नुपर्ने र नगरेमा पार्टीले नै गर्ने बताएका छन् ।

यसका साथै, उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : २२ बजे

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता