काठमाडौं – ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला भएको छ ।
आयोजक ड्रिम्स युनिभर्सलले बिहीबारदेखि आवदेन खुला भएको जानकारी दिएको छ ।
आयोजकका अनुसार यस प्रतियोगितमा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्ने छ ।
आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार यो वर्ष ग्रान्ड फिनालेको स्थान परितर्न भएको छ । विगतमा न्यूयोर्कमा गरिँदै आएको ग्रान्ड फिनाले यस पटक वासिङ्टन डीसीमा हुनेछ ।
अझ भव्य र पृथक बनाउने योजनाका साथ स्थान परिवर्तन गरिएको हो । फिनाले आगामी साउन ९ गते हुने बताइएको छ ।
इच्छुकले अनलाईबाट आवेदन दिन सक्नेछन् ।













प्रतिक्रिया