रुबीकुमारी ठाकुर : धनुषाकी कान्छी सांसदको काँधमा संसद् हाँक्ने जिम्मेवारी « Khabarhub

रुबीकुमारी ठाकुर : धनुषाकी कान्छी सांसदको काँधमा संसद् हाँक्ने जिम्मेवारी


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुख हुने पक्का भएको छ।

हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीकी समानुपातिक सांसद उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेपछि उपसभामुख हुने निश्चित भएको हो ।

को हुन् रुबी ?

नाम: रुबीकुमारी ठाकुर
उमेर: २६ वर्ष
जन्मस्थान: धनुषा, मझेलिया, ठाकुर बस्ती
पारिवारिक पृष्ठभूमि: ४ बहिनी र २ भाइ, बाबु विदेशमा रोजगारी, आमा गृहिणी
शैक्षिक योग्यता: एसईई, ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ), हाल सिभिल इञ्जिनियरिङ अध्ययनरत
पेशा: सांसद (समानुपातिक सांसद, मधेशी जनजाति क्लस्टर), श्रमसंस्कृति पार्टी
अनुभव : वास्तुकला कम्पनीकी पूर्वकर्मचारी

रुबीकुमारी ठाकुर सामान्य परिवारबाट अचानक राजनीतिमा उदाएकी युवती हुन् । बाल्यकालदेखि नै सामाजिक भेदभाव र परिवारिक जिम्मेवारी सम्हाल्दै आएकी उनलाई श्रमसंस्कृतिले मधेशी जनजाति समूहबाट सांसद बनाएको हो ।

उनका बुवा साउदी अरबमा काम गर्दै आएका छन् । आमा गृहिणी हुन् । उनको परिवारको आम्दानी सीमित छ । त्यहीकारण उनले बालककालदेखि नै आत्मनिर्भर र जिम्मेवार बन्ने कोसिसमै संघर्ष गरिरहिन्।

उनले एसईई पास गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा पूरा गरी वास्तुकला कन्सल्टेन्सीमा ७ महिना काम गरिन्। उनले त्यहाँ महिनाको २० हजार कमाउँथिन् । कमाइको केही रकम उनले घर धान्न पठाउँथिन् ।

उनको राजनीतिक यात्रा आकस्मिक रुपमा अघि बढेको हो । सामाजिक सञ्जालमार्फत् हर्क साम्पाङका गतिविधि नियाल्दै समर्थन गर्थिन् । त्यहीँबाट रुबीकुमारीले राजनीतिकको ढोका खोलिन् ।

गत फागुन २१ गतेको चुनावी अभियानका क्रममा उनले धनुषा-४ मा प्रचार गर्दै श्रमसंस्कृतिका लागि भोट मागिन् ।

हर्कले उनलाई मधेशी जनजाति क्लस्टरबाट समानुपातिक सांसदको उम्मेदवार बनाएका थिए । उनी पार्टीबाट कान्छी सांसदका रुपमा थिइन् । अब उनी अहिलेसम्मकै कान्छी उपसभामुख बन्दैछिन् ।

उनलले सामाजिक न्याय, महिला सशक्तीकरण, दाइजो प्रथा र बालविवाह जस्ता विषयलाई प्राथमिकता दिएर आवाज उठाउँछिन् । उनले दाइजो प्रथा कानुनले निषेध गरे पनि व्यवहारमा यथावत रहेको बताइन् । उनले मधेशमा बालविवाह पूर्ण रूपमा नरोकिएको बताउँदै यी सामाजिक मुद्दा संसद्मा उठाउने बताएकी थिइन् ।

रुबीले शिक्षा र राजनीतिलाई एकसाथ लैजाने योजना बनाएकी छन्। सिभिल इञ्जिनियरिङ अध्ययनरत उनी ब्याचलर (बीई) पनि गर्ने योजनामा छिन्।

देशकै कान्छी सांसद बनेकी उनी अब उपसभामुखको कुर्सीमा पुगेर अझै सामाजिक न्यायका लागि आवाज बन्न चाहन्छिन् । अब उनले सामाजिक कुरीति र अन्यायविरुद्ध संसद्बाट कानुन निर्माणमा आफूलाई निर्णायक बनाएर उभ्याउने पक्का भएको छ।

प्रतिनिधिसभामा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउने भएपछि उनी उपसभामुखको कुर्सीमा पुग्ने पक्का भएको छ। उनको दलका पनि संसद्मा ७ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : ४१ बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार