रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो « Khabarhub

रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरपर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्लिएको छ।

उपसभामुख पदका लागि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सभापति लामिछानेसँग पटक पटक संवाद गरेका थिए ।

रविसँग भेटेरै पनि संवाद गरेका उनले उपसभामुख पद मिल्नेमा आफू ढुक्क भएको बताएका थिए । बिहीबार पनि उपसभामुखमा समर्थन रहेको बताउँदै रविले फोन गरेपछि मात्रै सांसद सरस्वती लामाले उम्मेदवारी दिएको उनले बताए ।

‘सबैसँग कुरा गरेर नै उम्मेदवारी दर्ता गराएको हो । रविजीले भोलि अरू कुरा जे हुन्छ, हुन्छ, उम्मेदवारी दिनुस् भन्नुभयो’, उनले भने, ‘उहाँहरूले राजनीति गर्नु हुन्छ भने ठिक छ । रास्वपाको सभापतिले फोन गरेकैले उम्मेदवारी दिएको हो।’

उनले आफूहरूलाई धोका भएको संकेत गर्दै बाँकी कुराको जिम्मेवारी रास्वपालाई भएको बताए । ‘स्वयम् पार्टी सभापतिले फोन गरेपछि उम्मेदवारी दिएका हौँ । अब बाँकी कुरा उहाँहरूले गर्नु हुन्छ’, उनले भने, ‘रविजीले किन निर्णय फेर्नु भयो, त्यो उहाँको कुरा हो ।’

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  २ : ५९ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको