रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो « Khabarhub

रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरपर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्लिएको छ।

उपसभामुख पदका लागि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सभापति लामिछानेसँग पटक पटक संवाद गरेका थिए ।

रविसँग भेटेरै पनि संवाद गरेका उनले उपसभामुख पद मिल्नेमा आफू ढुक्क भएको बताएका थिए । बिहीबार पनि उपसभामुखमा समर्थन रहेको बताउँदै रविले फोन गरेपछि मात्रै सांसद सरस्वती लामाले उम्मेदवारी दिएको उनले बताए ।

‘सबैसँग कुरा गरेर नै उम्मेदवारी दर्ता गराएको हो । रविजीले भोलि अरू कुरा जे हुन्छ, हुन्छ, उम्मेदवारी दिनुस् भन्नुभयो’, उनले भने, ‘उहाँहरूले राजनीति गर्नु हुन्छ भने ठिक छ । रास्वपाको सभापतिले फोन गरेकैले उम्मेदवारी दिएको हो।’

उनले आफूहरूलाई धोका भएको संकेत गर्दै बाँकी कुराको जिम्मेवारी रास्वपालाई भएको बताए । ‘स्वयम् पार्टी सभापतिले फोन गरेपछि उम्मेदवारी दिएका हौँ । अब बाँकी कुरा उहाँहरूले गर्नु हुन्छ’, उनले भने, ‘रविजीले किन निर्णय फेर्नु भयो, त्यो उहाँको कुरा हो ।’

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : ५९ बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत