पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार जनाको मृत्यु भएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् । नहर पार गर्न डुङगा चड्ने प्रयास गर्दै गर्दा दुई पुरुष र दुई महिलालाई इक्विहेन–प्लेज गाउँ नजिकैको छालले बगाएको क्षेत्रीय अधिकारी फ्राँस्वा–जेभियर लाउचले बताएका छन् ।
मृतकहरुको पहिचान तथा राष्ट्रियता अझै थाहा हुन नसकेको बताइएको छ । गत हप्ता दुई जनाले यसै गरी तट पार गर्ने क्रममा मृत्यु वरण गरेको रिपोर्ट गरिएको छ ।
फ्रान्स लामो समयदेखि बेलायत पुग्न चाहने आप्रवासीहरूका लागि सहज मार्ग भएको छ । फ्रान्सेली र बेलायती स्रोतहरूलाई उदृत गर्दै एएफपीले गत वर्ष कम्तीमा २९ जनाको मृत्यु भएको जनाएको छ ।
फ्रान्सेली तथ्याङ्क अनुसार ७९५ वटा डुङ्गामा सवार करिब ५० हजार मानिसहरूले गत वर्ष उक्त तट पार गर्ने प्रयास गरेका थिए ।













प्रतिक्रिया