भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा « Khabarhub

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलसहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले दायर गरेको आरोपपत्र अनुसार उनीहरूले भेपको भित्री भागमा सुनका साना टुक्रा लुकाएर चीनबाट नेपाल ल्याई त्यसलाई विदेशी बजारमा बिक्री गर्ने संगठित तस्करी सञ्जाल सञ्चालन गरेका थिए । आरोप छ।

मुद्दामा पूर्वमन्त्री समेत रहेका महरा बाबुछोरालाई मुख्य योजनाकारका रूपमा उल्लेख गरिएको छ।

मुद्दा दर्ता गरिएका २८ जना

आयोगको आरोपपत्रअनुसार सुन तस्करीमा कर्मचारीसहित २८ जनाकफो संलग्नता देखिएको छ । जसमा केही चिनियाँ नागरिक पनि रहेका छन् ।

क) राजनीतिक व्यक्तित्व तथा आफन्त

१. कृष्ण बहादुर महरा: पूर्व सभामुख (प्रतिनिधि सभाका पूर्व सदस्य)
२. राहुल भन्ने रेशम महराः कृष्ण बहादुर महराका छोरा

ख) चिनियाँ तथा विदेशी नागरिक

१. ली हाङ सोङ : चिनियाँ नागरिक
२. ताओजिन वाङ : चिनियाँ नागरिक
३. दावा छिरिङ : बेल्जियमका नागरिक
४. साहेवराव पाण्डुरङ मरगलेः भारतीय नागरिक (सुन खरिदमा संलग्न)

ग) भन्सार कार्यालयका कर्मचारीहरू (तत्कालीन)

१. अरुण पोखरेल: प्रमुख भन्सार प्रशासक
२. मुक्तिप्रसाद श्रेष्ठः भन्सार अधिकृत
३. सुबेन्द्र श्रेष्ठः भन्सार अधिकृत
४. अम्बिका प्रसाद खनालः प्रमुख भन्सार अधिकृत
५. रमेश कुमार खतिवडाः भन्सार अधिकृत
६. सुवर्णाप्रभा के.सी.: नायब सुब्बा
७. भुवनराज घिमिरेः नायब सुब्बा
८. उमेश प्रसाद कोइरालाः नायब सुब्बा
९. रेवन्त खड्काः नायब सुब्बा
१०. मधुसुदन पोखरेलः नायब सुब्बा
११. निर्मल कुमार वि.क.: कार्यालयका सुरक्षा गार्ड

ङ) अन्य संलग्न व्यक्तिहरू

१. लोकेन्द्र कुमार पौडेल
२. दीपेश बस्नेत
३. गोपाल सुवेदी
४ दिनेश बस्नेत : व्यापारी
५. वेदप्रकाश अग्रवालः व्यापारी
६. राम केशव थापा क्षेत्री
७. अमृत कार्की
८. निमा गुरुङ
९. प्रेरणा थापा
१०. ललिता थापा
११. दीपिका थापा

ङ) संस्था र कम्पनी :

१. डेक्सटर ट्राभल्स एण्ड टुर प्रालि

यस मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतलाई पकाउ अनुमति माग्दै पत्र पठाइसकेको छ । आरोपितहरूले २०२२–२०२३ मा चीनबाट भेपमार्फत सुन तस्करी गरेको प्रमाण आयोगले फेला पारेको छ।

मुद्दामा अख्तियारले २८ जनालाई भ्रष्टाचार, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनअन्तर्गत कारबाही गर्न माग गरेको छ।

यो मुद्दा विशेष अदालतमा दर्ता भएसँगै पूर्वसभामुख महराको राजनीतिक तथा व्यक्तिगत छविमाथि थप प्रश्न चिन्ह लागेको छ। अख्तियारले थप अनुसन्धान जारी राखेको जनाएको छ।

महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको हो ।

चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । महराविरूद्ध यसअघि गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो।

उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ६ : ०० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड