तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा सडकमा देखिएका छन्। उनले सर्वसाधारणसँग भेटघाट गर्दै सेल्फी खिचाएका छन्।
राष्ट्रपति पेजेस्कियनले त्यसक्रमममा इरानले लेबनानलाई कहिल्यै एक्लै नछोड्ने बताएका छन्। उनले जारी इजरायली आक्रमणलाई युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भएको टिप्पणी गरेका छन्।
उनले चेतावनी दिँदै भने, ‘लेबनानमा आक्रमण जारी रहे कूटनीतिक वार्ताको कुनै अर्थ रहने छैन। तनाव कम गर्ने प्रयास भइरहे पनि अवस्था झन् चर्किन सक्छ।’
उनले तनाव बढ्ने संकेतसहित अमेरिकालाई चेतावनी दिएका छन् । ‘हाम्रो हात ट्रिगरमा नै रहनेछ, र इरानले लेबनानलाई एक्लै छोड्ने छैन,’ उनले भने।
राष्ट्रपति पेजेशकियनले अमेरिकासँग भएको युद्धविराम सम्झौता इजरायलका आक्रमणले उल्लंघन भएको बताएका छन्। उनका अनुसार यस्तो अवस्थामा वार्ताको प्रक्रिया अर्थहीन बन्छ।
उनको भनाइ पछिल्लो समय हेजबोल्लाहसँगको द्वन्द्व सुरु भएयता लेबनानमा भएका सबैभन्दा ठूलो इजरायली आक्रमणपछि आएको हो, जसमा बुधबार मात्रै कम्तीमा २५४ जनाको मृत्यु भएको छ।
Iran's President Pezeshkian joins crowds of compatriots to commemorate victims of US-Israeli attacks pic.twitter.com/IWSVzIzwyP
— RT (@RT_com) April 9, 2026













प्रतिक्रिया