नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै « Khabarhub

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ । 

चालु आर्थिक वर्षभित्रै महानगरपालिकाभित्रका २० सामुदायिक विद्यालयका छात्रछात्राको आँखा परीक्षण गरी निःशुल्क चश्मा र औषधि वितरण गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिए ।

अस्पतालको ५२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमका लागि अस्पताल र महानगरपालिकाबीच सम्झौता भइसकेको बताइन्। 

उनले भनिन्, ‘देशको आँखा उपचार सेवामा पहुँच विस्तार र गुणस्तरीय सेवा प्रदान गर्दै आएको नेपाल आँखा अस्पतालमार्फत् सामुदायिक विद्यालयका २० हजार छात्रछात्राको आँखा परीक्षणका लागि महानगरपालिकाले सम्झौता गरेको छ ।’

आगामी शैक्षिक सत्र सुरु भएसँगै सञ्चालन हुने सो कार्यक्रमका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाइएको छ । गत आर्थिक बर्षमा पनि अस्पतालले १० हजार ६६६ जना विद्यार्थीको निशुल्क आँखा परीक्षण गरी चश्मा र औषधि वितरण गरेको थियो ।

उक्त अस्पतालले गत आर्थिक २०८१-८२ मा बहिरङ्ग र आपतकालीन् सेवासहित एक लाख ९३ हजार ७९८ बिरामीको आँखा परीक्षण गरेको थियो । सो आर्थिक वर्षमा आँखा अस्पतालले  १० हजार ६७४ जनाको आँखाको शल्यक्रिया गरेको थियो ।

नेपाल आँखा अस्पतालले आफ्नो सिमरा, गोकर्णेश्वर, खोकना र भच्याकमा रहेको दृष्टिकेन्द्रमार्फत् स्थानीयलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले पछिल्ला वर्षमा अस्पतालमा बिरामीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाउँदै एकै दिन ८२ वटासम्म शल्यक्रिया गरिएको जानकारी दिए। 

अस्पतालले आँखा उपचारमा अन्तर्राष्ट्रिय जगतमा प्रयोग भएका नवीनतम् प्रविधि भित्र्याएको जानकारी उनले दिए । उपकरण व्यवस्थापनमा अस्पतालको खर्च वृद्धि भएपनि बिरामीसँग लिइने शुल्क वृद्धि नगरिएको उनको भनाइ छ ।

अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले देशले आँखा उपचार सेवामा गरेको लगानीबाट शिक्षा, समानता, गरिबी निवारणलगायतका क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्तिमा ठूलो योगदान पुग्ने बताए। 

कार्यक्रममा नेत्र रोग विशेषज्ञ डा प्रणव श्रेष्ठलाई वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरियो । त्यस अवसरमा अस्पतालद्वारा प्रकाशित वार्षिक प्रतिवेदन पुस्तिका र क्यालेण्डर विमोचन गरियो । नेपाल आँखा अस्पतालको स्थापना विसं २०३० चैत २६ गते भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ६ : १९ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक