कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु    « Khabarhub

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ । 

स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय समीक्षा गोष्ठीमा १४ जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद केन्द्रहरूले गरेका काम, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल हुने जनाइएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले हरेक योजनालाई परिणाममुखी बनाउन निर्देशन दिए । 

उनले जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै अस्पताललाई डिजिटल तथ्यांक प्रणालीमा आबद्ध हुन आग्रह समेत गरे । 

त्यस्तै कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेशमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति अपेक्षाकृत सुस्त देखिएको उल्लेख गर्दै यसको प्रभावकारिता बढाउन आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा विगत आठ महिनामा स्वास्थ्य मन्त्रालयले जम्मा ३१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको तथ्यसमेत सार्वजनिक गरिएको थियो । 

तीन दिनसम्म सञ्चालन हुने अर्धवार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद केन्द्रहरूको कार्यसम्पादन र प्रगतिको समग्र समीक्षा गरिने बताइएको छ । 

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ६ : ३२ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक