मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान « Khabarhub

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको कार्य सम्पन्न भएको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रूख काटिएका हुन् । 

राजमार्ग योजना कार्यालयकी इञ्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रूख कटान भइसकेको जानकारी दिए । 

सबैभन्दा बढी सुनसरी जिल्लामा पाँच हजार ५००, इलाममा तीन हजार ३६६, झापामा दुई हजार ८०५ र मोरङमा दुई हजार १६३  रूख काटिएको इञ्जिनियर भट्टराईले जानकारी दिए । सडक रेखांकनभित्र पर्ने रूख काटिएसँगै हालती रुखहरूको घाटगद्दी गर्ने र नम्बरिङ गर्ने कार्यलाई तीव्रता दिइएको छ । 

इञ्जिनियर भट्टराईका अनुसार मोरङ जिल्लामा घाटगद्दी र नम्बरिङको काम पूरा भइसकेको तर सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्न बाँकी छ । हाल सुनसरीको झण्डा चोकदेखि झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकखण्ड निर्माणाधीन अवस्थामा छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ७ : ५५ बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको