फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश « Khabarhub

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभालले उनीसँग शिष्टाचार भेट गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

बुधबार राजदूत कोर्टेभालले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको विशेष सन्देश हस्तान्तरण गर्दै शाहलाई सफल कार्यकालको शुभकामना हस्तान्तरण गरेकी हुन्। भेटमा फ्रान्सले नेपालको नयाँ सरकारसँग निकट रहेर काम गर्न र द्विपक्षीय हितका मुद्दाहरूमा सहकार्य बढाउन चाहेको सन्देश प्रवाह गरिएको छ।

नेपालस्थित फ्रान्सेली दूतावासले सामाजिक सञ्जालमार्फत उक्त भेटबारे जानकारी दिँदै भनेको छ, ‘सम्माननीय प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेको अवसरमा उनीसँग भेट गर्न पाउनु हाम्रा लागि सम्मानको विषय हो। हामीले उनलाई राष्ट्रपति इमानुएल म्याक्रोनको सन्देश हस्तान्तरण गरेका छौँ। आगामी दिनमा नेपाल सरकारसँगको सम्बन्धलाई थप सुदृढ बनाउन फ्रान्स उत्सुक छ।’

यो भेटलाई केवल शिष्टाचारमा मात्र सीमित नभई नेपालको फेरिएको राजनीतिक परिदृश्यमा पश्चिमा शक्ति राष्ट्रहरूको चासो र समर्थनका रूपमा हेरिएको छ। विशेषगरी जलवायु परिवर्तन, शहरी विकास र सांस्कृतिक सम्पदा संरक्षणमा फ्रान्सले नेपाललाई निरन्तर सहयोग गर्दै आएको पृष्ठभूमिमा यो भेटले विशेष अर्थ राख्छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ९ : ३९ बजे

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट