आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस् « Khabarhub

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण पक्षको सप्तमी तिथि । कानुन दिवस, गोरखकाली पूजा । तदनुसार सन् २०२६ मे ९ तारिख।

शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ५ : ३३ बजे

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं- सन् २०१० मा ट्रफी उचालेपछि विश्वकप मैदानमा खराब प्रदर्शन

रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

काठमाडौं– वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा