काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम हुँदै « Khabarhub

काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम हुँदै


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीमद्भगवद् ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने नाराका साथ आइतबार ‘गीतामैत्री मिलन’ कार्यक्रमको आयोजना हुँदैछ ।

नेपालको सांस्कृतिक इतिहासको संरक्षण गर्दै सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ आयोजना हुने उक्त कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्ददेव गिरीबाट श्रीमद्भागवत गीता अध्ययनको महत्त्वबारे विशेष प्रवचन हुनेछ ।

त्यसअघि कमलादी गणेशस्थानबाट शोभायात्रा निस्कने र प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा भगवद्गीता अध्ययन र साधनाका विषयमा प्रवचन हुने संस्था सचिव रामप्रसाद अधिकारीले जानकारी दिए ।

२०७७ साल मङ्सिरमा स्थापित गीता परिवार नेपालले कोरोना सङ्क्रमणको समयमा स्वयम् सेवाका माध्यमबाट प्रभावित व्यक्तिलाई उत्प्रेरणासहित भोजनका लागि आर्थिक सहयोग प्रदान गरेको थियो ।

संस्थाले बालबालिकामा नैतिक मूल्यको बिजारोपण गर्न ‘बाल संस्कार वर्ग’मार्फत उनीहरूको शरीर, मन र बुद्धिको विकास गर्ने, अनलाइनमार्फत निःशुल्क गीताका श्लोक सिकाउने, व्याकरणसहित शुद्ध उच्चारणको अभ्यास गर्ने÷गराउने कार्य गर्दै आएको छ । उक्त संस्थाले ‘घरघरमा गीता हाम्रो अभियानः गीता पढौँ, पढाऔँ जीवनमा लगाऔँ’भन्ने कार्यक्रम अभियानकै रूपमा सञ्चालन गरिरहेको छ ।

गीता परिवारले भगवद्भक्ति, श्रीमद्भगवद्गीता, मातृभूमि, विज्ञाननिष्ठा र स्वामीविवेकानन्दको आदर्शलाई आत्मसात गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । हाल उक्त संस्थाका ५०० स्वयंसेवी र १५ हजार सदस्य रहेको अध्यक्ष सारिका अग्रवालले जानकारी दिइन् ।

विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवाग्राहीलाई १४ भाषामार्फत श्रीमद्भगवद् गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा आध्यात्मिक जागरण अभियानलाई अघि बढाइरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ११ : ५८ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी