रुद्राक्ष खेतीबाट राम्रो आम्दानी « Khabarhub

रुद्राक्ष खेतीबाट राम्रो आम्दानी

तंग्रिँदै किसानको आर्थिक अवस्था


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर – अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका कृषकले रुद्राक्षलाई मुख्य आयस्रोत बनाएका हुन् ।

स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्षबाट यहाँका किसानले वार्षिक न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । “रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै व्यापारी आउँछन्,” थापाले भने, “देशका विभिन्न ठाउँबाट खरिदका लागि आउने भएकाले बजारको समस्या छैन । यसले किसानलाई थप उत्साहित बनाएको छ ।” मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्षका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो भइरहेको किसानको अनुभव छ । एक पटक बिरुवा रोपेपछि लामो समयसम्म फल दिने हुनाले यो खेती दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बनेको हो ।

वडाध्यक्ष कुमार थापाका अनुसार रुद्राक्ष खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना बनाइएको छ । “अन्य बालीको तुलनामा रुद्राक्षबाट किसानले राम्रो आम्दानी लिइरहेका छन्,” वडाध्यक्ष थापाले भने, “त्यसैले यसको विस्तार र प्रवर्द्धनका लागि आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।” वडाले आगामी दिनमा रुद्राक्षका बिरुवा वितरण, प्राविधिक तालिम र बजार व्यवस्थापनमा समेत ध्यान दिने योजना बनाएको छ ।

पछिल्लो समय रुद्राक्षले स्थायी आम्दानी दिन थालेपछि धेरै किसानले यसलाई पहिलो प्राथमिकतामा राखेका छन् । वडाले सिँचाइका लागि दुई वटा पोखरी निर्माण गरिदिएपछि मैदानेका अधिकांश किसान यो खेतीमा लागेका हुन् । ग्रामीण सडकको पहुँच विस्तार भएका कारण पनि रुद्राक्ष खरिद–बिक्रीमा सहजता भएको किसानको भनाइ छ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ६ : ०६ बजे

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो

एजेन्सी– पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १०

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ