रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने « Khabarhub

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

प्रदेश नेतृत्वका लागि को को छन् आकांक्षी ?


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशस्तरीय अधिवेशनको आन बागमती प्रदेशबाट सुरु हुन लागेको हो ।

हेटौँडास्थित हिमालयन दरबारमा हुने अधिवेशनको पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सभापति पदका लागि हालका बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने पुनः सोही पदमा दोहोरिन चाहेका छन् । लामिछाने हाल नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

त्यसैगरी, प्रदेश उपसभापति पदमा डा. रमेश ढकाल आकांक्षी देखिएका छन् । उनी लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । साथै, उनी जोरपाटीस्थित शंखरापुर अस्पतालका सञ्चालक पनि हुन् । महामन्त्री पदमा हालका महामन्त्री सुरेन्द्र भट्ट पुनः आकांक्षी देखिएका छन् ।

रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था गरिएको छ । समितिमा सभापति, उपसभापति र महामन्त्री एकरएक जना रहने प्रावधान छ ।

त्यस्तै, दुई जना सहमहामन्त्री रहने तथा उनीहरू फरकफरक लिङ्गका हुनुपर्ने व्यवस्था विधानमा उल्लेख गरिएको छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था गरिएको छ ।

निर्वाचन प्रक्रियाअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ । प्रदेश सदस्यमा निर्वाचित भएकामध्येबाट थप पदाधिकारी चयन गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप हालसम्म ५६ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । बाँकी जिल्लाहरूमा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीका अनुसार १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी छ भने केही जिल्लामा प्राविधिक कारणले अधिवेशन सुरु हुन बाँकी छ । रास्वपाले महाधिवेशनको तयारी स्वरूप जेठ २३ देखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो । यस्तै, रास्वपाले वडा र पालिका तहको अधिवेशन सम्पन्न गरिसकेको छ ।

पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुनेछ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ७ : ५६ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र