बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने « Khabarhub

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’मा आबद्ध छन् । बेल्जियमको ब्रसेल्समा जुन ६ देखि सुरु भएको प्रतियोगितामा जेबी ब्रुग्समाबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर ललितनारायण राजवंशीले जादू देखाइरहेका छन् ।

एसियन गेम्स छनोटको फाइनल उपाधि नेपालले उचालेसँगै अलराउन्डर दीपेन्द्रसिंह ऐरी, ओपनर आशिफ शेख, लेग स्पिन सन्दीप लामिछाने र नेपाली टिम कप्तान रोहित पौडेलसमेत बेल्जियम पुगेका छन् । यो लिगमा नेपालका आठ खेलाडी छन् ।

कप्तान रोहित गेन्ट ग्लेडिएटर्स र लेगस्पिनर सन्दीप लिज रेड लायन्समा अनुबन्ध भएका भने ओपनर आसिफ शेखलाई एन्टवर्प एन्कर्सले भित्र्याएको छ ।

प्रतियोगितामा सबैभन्दा बढी नेपाली खेलाडी जेबी ब्रुग्समा छन् । जेबी ब्रुग्समा अलराउन्डर दीपेन्द्रसिंह ऐरीसहित स्पिनर ललितनारायण राजवंशी, तीव्र गतिका ब्याटिङ अलराउन्डर गुल्सन झा, विकेटकिपर अनिल साह र अलराउन्डर इशान पाण्डे छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त यस लिगमा एन्टवर्प एन्कर्स, गेन्ट ग्लेडिएटर्स, लिज रेड लायन्स, ब्रसेल्स, जेबी ब्रुग्स र लुभेन गरी ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता बेल्जियम क्रिकेट महासंघसँगको सहकार्यमा डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले आयोजना गर्न लागेको हो ।

कुन खेलाडी कुन टोलीमाः
जेबी ब्रुग्सः ललितनारायण राजवंशी, अनिल साह, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र डा. इशान पाण्डे

गेन्ट ग्लेडिएटर्सः रोहितकुमार पौडेल

एन्टवर्प एन्कर्सः आसिफ शेख

लिज रेड लायन्सः सन्दीप लामिछाने

आजको खेलमा नेपाली खेलाडीकै प्रतिस्पर्धा
मंगलबार लिग अन्तर्गत दुई खेल हुँदैछन् । पहलिो खेलमा लिज रेड लायन्स र युनाइटेड ब्रसेल्सको खेल दिउँसो ४:१५ बजे सुरु हुँदैछ । यो खेलमा सन्दीप लामिछानेलाई देख्न सकिन्छ । उनले लिज रेड लायन्सबाट बलिङ गर्नेछन् ।

त्यसैगरी नेपाली खेलाडी सबैभन्दा बढी आबद्ध जेबी ब्रुग्सको खेल हुँदैछ । यो खेल साँझ ८ः १५ बजे ब्रुग्सले एन्टवर्प एन्कर्सको सामना गर्नेछ । ब्रुग्सबाट दीपेन्द्र, गुल्सन र ललितले खेल्ने सम्भावना छ भने एन्कर्सबाट ओपनर आशिफ शेखले खेल्ने छन् । तीनमा दुई खेलमा विजयी भएको ब्रुग्सले चार अंक जोडेको छ । यो टिम तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ९ : १३ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि