रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित « Khabarhub

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचन पराजित भएका छन् । शक्तिलाई पराजित गर्दै हरिबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

कुल खसेको मतमध्ये थापाले ६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गौचनले ४९ मत पाए । चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँग गौचन पराजित भएका थिए ।

यसपटकको निर्वाचनमा थापा र गौचन आ–आफ्नो प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । संघको उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्री निर्वाचित भएका छन् ।

मतदान अधिकृत प्रकाश न्यौपानेका अनुसार महिला सदस्यमा उमा अधिकारी तथा अन्य सदस्यहरूमा प्रशान्तविक्रम मल्ल, नीरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएका छन् ।

गौचन र थापा दुवै पक्ष स्पष्ट प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि जिल्लाका कतिपय खेलप्रेमीहरूले भने क्रिकेटको विकासका लागि यसरी प्यानलगत रूपमा विभाजन हुन नहुने धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १० : ०९ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी