रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित « Khabarhub

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचन पराजित भएका छन् । शक्तिलाई पराजित गर्दै हरिबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

कुल खसेको मतमध्ये थापाले ६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गौचनले ४९ मत पाए । चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँग गौचन पराजित भएका थिए ।

यसपटकको निर्वाचनमा थापा र गौचन आ–आफ्नो प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । संघको उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्री निर्वाचित भएका छन् ।

मतदान अधिकृत प्रकाश न्यौपानेका अनुसार महिला सदस्यमा उमा अधिकारी तथा अन्य सदस्यहरूमा प्रशान्तविक्रम मल्ल, नीरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएका छन् ।

गौचन र थापा दुवै पक्ष स्पष्ट प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि जिल्लाका कतिपय खेलप्रेमीहरूले भने क्रिकेटको विकासका लागि यसरी प्यानलगत रूपमा विभाजन हुन नहुने धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १० : ०९ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट