चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर) « Khabarhub

चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर)


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे पुल एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेका छैनन् ।

२०७४ सालमा ठेक्का सम्झौता भएका यी पुलहरूको म्याद आठ पटक थप भइसकेको छ भने अहिले नवौँ पटक थप्ने तयारी भइरहेको छ । हालसम्म तीनवटै पुलको भौतिक प्रगति करिब ७० प्रतिशत मात्र पुगेको छ ।

बल्खु, सानेपा र महालक्ष्मीस्थानमा पुलका खम्बा तथा र्‍याम्प निर्माण भए पनि अन्य काम अझै बाँकी छन् । चक्रपथ सुधार योजनाकी प्रमुख इन्जिनियर आशिका पोखरेलका अनुसार पुलमा जडान हुने रेलिङलगायतका सामग्री कारखानामा निर्माण भइरहेका छन् र आउँदो असारभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तीनवटै पुलको निर्माण लागत करिब चार–चार करोड रुपैयाँ रहेको छ । प्रारम्भिक सम्झौताअनुसार २०७५ सालमै काम सम्पन्न हुनुपर्ने भए पनि ठेकेदारको लापरबाही र फितलो अनुगमनका कारण पटक–पटक म्याद थपिँदा पनि निर्माण पूरा हुन सकेको छैन ।

आकासे पुल निर्माणमा भएको चरम ढिलाइका कारण व्यस्त चक्रपथमा पैदल यात्रु दैनिक जोखिम मोलेर सडक पार गर्न बाध्य छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १० : ५८ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा