चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर) « Khabarhub

चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर)


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे पुल एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेका छैनन् ।

२०७४ सालमा ठेक्का सम्झौता भएका यी पुलहरूको म्याद आठ पटक थप भइसकेको छ भने अहिले नवौँ पटक थप्ने तयारी भइरहेको छ । हालसम्म तीनवटै पुलको भौतिक प्रगति करिब ७० प्रतिशत मात्र पुगेको छ ।

बल्खु, सानेपा र महालक्ष्मीस्थानमा पुलका खम्बा तथा र्‍याम्प निर्माण भए पनि अन्य काम अझै बाँकी छन् । चक्रपथ सुधार योजनाकी प्रमुख इन्जिनियर आशिका पोखरेलका अनुसार पुलमा जडान हुने रेलिङलगायतका सामग्री कारखानामा निर्माण भइरहेका छन् र आउँदो असारभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तीनवटै पुलको निर्माण लागत करिब चार–चार करोड रुपैयाँ रहेको छ । प्रारम्भिक सम्झौताअनुसार २०७५ सालमै काम सम्पन्न हुनुपर्ने भए पनि ठेकेदारको लापरबाही र फितलो अनुगमनका कारण पटक–पटक म्याद थपिँदा पनि निर्माण पूरा हुन सकेको छैन ।

आकासे पुल निर्माणमा भएको चरम ढिलाइका कारण व्यस्त चक्रपथमा पैदल यात्रु दैनिक जोखिम मोलेर सडक पार गर्न बाध्य छन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १० : ५८ बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा