सम्भावित चोटको जोखिमबाट जोगाउँदै मेस्सीलाई मैदानमा उतारिने « Khabarhub

सम्भावित चोटको जोखिमबाट जोगाउँदै मेस्सीलाई मैदानमा उतारिने


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

अलाबामा- अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले २०२६ विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा लियोनेल मेस्सी आइसल्यान्डविरुद्ध मैदान उत्रने पुष्टि गरेका छन्।

अलाबामाको अउबर्नमा मंगलबार राति हुने खेलअघि पत्रकार सम्मेलनमा स्कालोनीले भने, ‘मेस्सी खेल्नेछन्, तर कति मिनेट खेल्ने भन्ने अझै तय भएको छैन। आजको प्रशिक्षणपछि उनीसँग कुरा गरेर कुनै जोखिम नहोस् भन्ने हिसाबले निर्णय गर्नेछौं।’

मेस्सीले जुन ६ मा होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा बेन्चमा बसे पनि मैदान प्रवेश गरेका थिएनन्। त्यसअघि इन्टर मियामी सीएफकाका कप्तान मेस्सी बायाँ ह्यामस्ट्रिङमा मांसपेशी थकानको समस्यापछि राष्ट्रिय टोलीमा सहभागी भएका थिए।

स्कालोनीले टोलीका अन्य खेलाडी निको पाज, नाहुयल मोलिना र र गोन्जालो मोन्टियल पनि खेल्न तयार रहेको बताए।

त्यसैगरी जुलियन अल्भारेजको खुट्टाको समस्या सुधार हुँदै गएको छ। अर्कातिर लेयान्द्रो पारेडेज केही दिनमै टोली प्रशिक्षणमा फर्कने जानकारी पनि उनले दिए।

अर्जेन्टिनाले विश्वकपको पहिलो खेल जुन १६ मा अल्जेरियाविरुद्ध खेल्नेछ। समूह ‘जे’ मा उसका अन्य प्रतिस्पर्धी अस्ट्रिया र जोर्डन छन्।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १० : ५६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण