सम्भावित चोटको जोखिमबाट जोगाउँदै मेस्सीलाई मैदानमा उतारिने « Khabarhub

सम्भावित चोटको जोखिमबाट जोगाउँदै मेस्सीलाई मैदानमा उतारिने


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

अलाबामा- अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले २०२६ विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा लियोनेल मेस्सी आइसल्यान्डविरुद्ध मैदान उत्रने पुष्टि गरेका छन्।

अलाबामाको अउबर्नमा मंगलबार राति हुने खेलअघि पत्रकार सम्मेलनमा स्कालोनीले भने, ‘मेस्सी खेल्नेछन्, तर कति मिनेट खेल्ने भन्ने अझै तय भएको छैन। आजको प्रशिक्षणपछि उनीसँग कुरा गरेर कुनै जोखिम नहोस् भन्ने हिसाबले निर्णय गर्नेछौं।’

मेस्सीले जुन ६ मा होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा बेन्चमा बसे पनि मैदान प्रवेश गरेका थिएनन्। त्यसअघि इन्टर मियामी सीएफकाका कप्तान मेस्सी बायाँ ह्यामस्ट्रिङमा मांसपेशी थकानको समस्यापछि राष्ट्रिय टोलीमा सहभागी भएका थिए।

स्कालोनीले टोलीका अन्य खेलाडी निको पाज, नाहुयल मोलिना र र गोन्जालो मोन्टियल पनि खेल्न तयार रहेको बताए।

त्यसैगरी जुलियन अल्भारेजको खुट्टाको समस्या सुधार हुँदै गएको छ। अर्कातिर लेयान्द्रो पारेडेज केही दिनमै टोली प्रशिक्षणमा फर्कने जानकारी पनि उनले दिए।

अर्जेन्टिनाले विश्वकपको पहिलो खेल जुन १६ मा अल्जेरियाविरुद्ध खेल्नेछ। समूह ‘जे’ मा उसका अन्य प्रतिस्पर्धी अस्ट्रिया र जोर्डन छन्।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १० : ५६ बजे

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट