भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद « Khabarhub

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि सम्बोधन हुन नसकेका मागहरूको शीघ्र समाधानका लागि बेलायत सरकारसँग आग्रह गरेका छन् ।

मन्त्री खनालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै बेलायतका रक्षामन्त्री जोन हेल्ली भेटेरन तथा जनमन्त्री लुइस स्यान्डर-जोन्ससँ भर्चुअल बैठक भएको बताएका छन् ।

बैठकमा भूपू ब्रिटिश गोर्खाहरूका विभिन्न माग, विशेषगरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भएर छलफल भएको उनले उल्लेख गरेका छन् ।

नेपाल–बेलायत सम्बन्धमा गोर्खा सैनिकहरूको ऐतिहासिक तथा महत्वपूर्ण योगदानलाई स्मरण गर्दै मन्त्री खनालले न्याय, निष्पक्षता र सम्मानका आधारमा ती मुद्दा सम्बोधन गर्न तथा सकेसम्म चाँडो पारस्परिक सहमतिमा समाधान खोज्न बेलायत सरकारसँग आग्रह गरेको बताएका छन् ।

भूपू गोर्खाहरूले लामो समयदेखि समान कामका लागि समान पेन्सन र सेवा–सुविधाको माग गर्दै आएका छन्। नेपाल र बेलायतबीच यस विषयमा विभिन्न चरणमा वार्ता हुँदै आएको छ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ११ : ११ बजे

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण