पोल्ने मात्र होइन, रोगसँग लड्ने वनस्पति पनि हो सिस्नो « Khabarhub

पोल्ने मात्र होइन, रोगसँग लड्ने वनस्पति पनि हो सिस्नो



काठमाडौं– धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । 

नेपालमा सिस्नोलाई गरिबिको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो । स्थानीय वनस्पतिको बारेमा छलफल हुँदा सिस्नोलाई सम्झनै पर्छ । 

सिस्नोको अंग्रेजी नाम ‘स्टिगिङ नेटल’ हो । वैज्ञानिक नाम भने ‘अर्टिका डिओइका’ हो । यो ल्याटिन शब्द ‘युरो’ बाट आएको हो । जसको अर्थ बल्नु वा जलाउनु हो ।

यसका पातमा भएका झुसले शरीरको कुनै अंगमा छोयो भने पोल्न थाल्छ । खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन् ।

नेपालमा चाहिँ ‘सिस्नो’ खाने मान्छेलाई हेयको दृष्टिले हेरिन्छ । 

‘सिक्स एभिडेन्स–बेस्ड बेनिफिट्स अफ स्टिगिङ नेटल’ शीर्षकमा प्रकाशित अनुसन्धानमूलक आलेख रियान रमन, हेल्थलाइन डटकम, २१ नोभेम्बर २०१८ ले सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ भनेर उल्लेख गरेको छ । 

त्यस्तै यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र सोडियम लगायतका मिनरल्सहरू पनि पाइन्छन् । यसबाहेक स्वास्थ्यका लागि लाभदायक एमिनो एसिड, क्याफिक एसिड, क्याम्फोरोल, कर्सेटिन आदि पनि पाइने उल्लेख छ। यसमा क्यान्सर प्रतिरोधात्मक गुण पनि पाइन्छ । विभिन्न खालका संक्रमणबाट पनि बचाउँछ । 

पुरुषहरूमा हुने प्रोस्टेड समस्या न्यूनीकरण गर्न पनि फलदायी छ । त्यस्तै रक्तचाप सन्तुलनमा राख्ने र नियमित सेवन गरे मधुमेहलाई समेत सन्तुलनमा राख्छ भनिएको छ । नेपालका पाँचतारे होटलहरूले पनि सिस्नोको सुप महँगोमा बिक्री गर्दै आएका छन् । विदेशीले भने मीठो मानेर खान्छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ११ : ४० बजे

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु