एनबीए फाइनलमा ट्रम्पविरुद्ध दर्शकको चर्को हुटिङ र नाराबाजी  « Khabarhub

एनबीए फाइनलमा ट्रम्पविरुद्ध दर्शकको चर्को हुटिङ र नाराबाजी 


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीए फाइनलको खेल हेर्न पुगेका बेला दर्शकको हूटिङ सामना गरेका छन्।

सोमबार राति न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा भएको एनबीए फाइनलको तेस्रो खेल हेर्न ट्रम्प पुगेका थिए। राष्ट्रगान बजिरहेका बेला एरिनाको विशाल स्क्रिनमा ट्रम्पको तस्बिर देखाइएपछि दर्शकको एक हिस्साले ठूलो स्वरमा हूटिङ गरेको  हो।

ट्रम्प खेलभर विशेष अतिथि कक्ष (एक्जिक्युटिभ सुइट) बाट खेल हेरिरहेका थिए। उनी एनबीए फाइनलको खेल प्रत्यक्ष अवलोकन गर्ने पहिलो कार्यरत अमेरिकी राष्ट्रपति बनेका छन्।

प्रत्यक्ष प्रसारण र दर्शकले खिचेका भिडियोहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन्। केही दर्शकले समर्थन जनाए पनि अधिकांश प्रतिक्रिया हूटिङकै रूपमा सुनिएको बताइएको छ।

ट्रम्पको उपस्थितिका कारण खेलस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो। अतिरिक्त सुरक्षा जाँच, सडक व्यवस्थापन तथा केही सार्वजनिक कार्यक्रमसमेत प्रभावित भएका थिए। 

उक्त खेलमा न्यूयोर्क क्निक्स र सान एट्नियो स्पर्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा स्पर्सले ११५–१११ को जित निकालेको थियो।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १२ : ३२ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा