स्वतन्त्र सांसद महावीर पनि विज्ञान प्रविधिमन्त्री बन्दै, सुधनसँगै शपथ « Khabarhub

स्वतन्त्र सांसद महावीर पनि विज्ञान प्रविधिमन्त्री बन्दै, सुधनसँगै शपथ


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्रीमा पुनः सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त हुने भएका छन् । 

आज दिउँसो ३ बजे दुवैजनालाई नियुक्ति गरेर राष्ट्रपति निवास सितलनिवासमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ । 

सुधन गुरुङ सम्पत्ति र सेयरको विषयमा विवादमा परेपछि राजीनामा दिएका थिए । त्यसपछि सरकारले बनाएको छानिबिन समितिले उनीमाथि अनुसन्धान गरेर मंगलबार नै सरकारले सो प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । तर, प्रतिवेदन नै अध्ययन नगरी प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय लिएका हुन् ।

त्यस्तै, सरकारले २५ वटा बाट घटाएर १८ वटा मन्त्रालय बनाउँदा सिर्जना गरेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सो मन्त्रालय स्थापनाको माग गर्दै आएका स्वतन्त्र सांसद महावीर पुनलाई नै नियुक्त गर्ने निर्णय प्रधानमन्त्री शाहले लिएका हुन् । पुन निर्वाचन अघि सुशिला सरकारमा शिक्षामन्त्रीको रूपमा काम गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १२ : ४५ बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका