बजेटमा माग सम्बोधन नभएको भन्दै अनुदान शिक्षकको प्रदर्शन  « Khabarhub

बजेटमा माग सम्बोधन नभएको भन्दै अनुदान शिक्षकको प्रदर्शन 


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेशागत निरन्तरता र स्थायित्व सहित समानताको हक सुनिश्चितताको माग गर्दै सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।  

सरकारले ल्याएको बजेटमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले समान रुपमा तलब वृद्धि हुनुपर्ने, प्रोत्साहन भत्ता समान ढंगले लागू हुनुपर्ने, महँगी भत्ता तत्काल लागू हुनुपर्ने, सामाजिक सुरक्षा कोषको प्रबन्ध हुनुपर्ने लगायतका माग राखेका छन् ।

नेपाल सरकार तथा शिक्षा मन्त्रालयसँग विगतमा भएका सबै सहमतिको अक्षरशः कार्यान्वयन हुनुपर्ने आफूहरूको मुख्य माग रहेको अनुदान शिक्षक कौशिक शर्माले बताए ।  

उनीहरूले आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति समेत कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १ : ५८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००