युएईसँग श्रमसम्बन्धी संयुक्त कार्य समूहको बैठक बस्ने « Khabarhub

युएईसँग श्रमसम्बन्धी संयुक्त कार्य समूहको बैठक बस्ने


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीचका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने सहमति भएको छ ।

भेटमा मन्त्री यादवले नेपाली श्रमिकलाई प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्न व्यवस्थालाई सरल र सहज हुन आवश्यक रहेको बताए। 

त्यस अवसरमा राजदूत शामसीले नेपाली श्रमिकको हकहित र अधिकारका विषयमा युएई निरन्तर छलफल र समन्वय गरिरहेको बताएका मन्त्री यादवको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : ४७ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको