हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल « Khabarhub

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार हेलिकप्टरमा सवार दुवैजना क्रू सदस्यहरूलाई सुरक्षित बचाइएको छ।

दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। रिपोर्टअनुसार अनुसन्धानकर्ताहरूले यो हेलिकप्टर इरानी हमलाको शिकार भएको वा प्राविधिक खराबीका कारण दुर्घटनाग्रस्त भयो खुल्न सकेको छैन ।

इरानको यू-२३ फुटबल टोलीको बहराइन भ्रमण रद्द

इरानको अन्डर-२३ फुटबल टोलीले बहराइनविरुद्धको मैत्रीपूर्ण खेल रद्द गरेको छ। इरानको सरकारी समाचार एजेन्सी तस्नीमका अनुसार टोली हाल टर्कीमा प्रशिक्षण शिविरमा छ।

बहराइन मात्रै होइन, अन्य केही देशहरूसँग प्रस्तावित मैत्रीपूर्ण खेलहरूबाट पनि नाम फिर्ता लिएको छ। यद्यपि यसको पछाडिको कारण खुलाइएको छैन।

तेलको मूल्य फेरि बढ्यो

इरान र इजरायलबीच द्वन्द्व फेरि बढ्ने आशंकाका कारण मंगलबार कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। लगानीकर्ताहरूलाई डर छ कि पश्चिम एशियामा तनाव बढेमा तेल आपूर्ति प्रभावित हुन सक्छ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड १३ सेन्ट बढेर ९४.३८ डलर प्रति ब्यारेल पुगेको छ। त्यस्तै अमेरिकी डब्लुटीआई क्रुड ११ सेन्ट बढेर ९१.४१ डलर प्रति ब्यारेलमा कारोबार गरिरहेको छ।

यद्यपि दुवै देशले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अपिलपछि हमला रोक्न सहमति जनाएका थिए ।

तर इरान र इजरायलका हालका भनाइहरूले सैन्य कारबाही पूर्ण रूपमा समाप्त नभएको संकेत दिएका छन्। यही कारणले तेल बजारमा अनिश्चितता कायम छ र मूल्यमा दबाब बढिरहेको छ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  २ : १४ बजे

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना