राष्ट्रियसभा बैठक पनि अवरुद्ध « Khabarhub

राष्ट्रियसभा बैठक पनि अवरुद्ध


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरूले गरेको विरोधका कारण राष्ट्रियसभा पनि अवरुद्ध भएको छ ।  

मंगलबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक जेठ २८ गते बस्ने गरी स्थगित गरिएको हो ।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्रले सीमामा रहेका दुवै देशतर्फका नागरिकले एक–अर्कोदेशमा खेतीपाती गरेको देखिए पनि नेपालले भारतको सीमा भने नमिचेको बताए । 

सीमा विवाद सम्बन्धी अति संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको उनले बताए । उनले प्रधानमन्त्री स्वयं सदनमा आएर यस विषयमा स्पष्ट पार्न माग गरे । 

सांसदहरूले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरेका थिए । तर विरोध कायमै रहेपछि उनले जेठ २८ गते बस्नेगरि बैठक स्थगित गरे । 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  २ : ५६ बजे

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन