बालेनले जवाफ नदिएपछि थप रणनीति तय गर्न कांग्रेस दलको कार्यालयमा जुटे विपक्षी « Khabarhub

बालेनले जवाफ नदिएपछि थप रणनीति तय गर्न कांग्रेस दलको कार्यालयमा जुटे विपक्षी


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्‍मा आएर जवाफ दिन तयार नभएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू रणनीति बनाउन जुटेका छन्।

अहिले सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ।

पछिल्लो पटक जेठ १७ गते प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भनेर अभिव्यक्ति दिएयता देशमा राजनीतिक तरंग आएको छ। तर उक्त प्रकरणमा बालेन माफी माग्न तयार भएका छैनन्।

मंगलबार बसेको संसद् बैठकमा बालेनको बबन्डर र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरेको तोडमोडलाई विपक्षीले जोडतोडले उठाए ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक डाकेर छलफल गरेका थिए । त्यहाँ पनि उनले प्रम तत्काल संसद्मा नआउने बताउँदै बरू आफैंले जवाफ दिने बताएका थिए ।

मंगलबारको बैठकमा पनि बालेन नआएपछि विपक्षीहरू रणनीति बनाउन जुटेका छन् । मंगलबार पनि विपक्षीले विरोध गरिरहेपछि सभामुख डीपी अर्यालले बुधबारसम्मका लागि संसद् बैठक रोकेका छन् । उता विपक्षीको एकछत्र बहुमत रहेको राष्ट्रिय सभामा पनि अवरोध जारी छ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ४ : १७ बजे

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण