न्युजिल्यान्डमा आँधीको कारण सयौँ विस्थापित « Khabarhub

न्युजिल्यान्डमा आँधीको कारण सयौँ विस्थापित


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अकल्याण्ड- न्यूजील्याण्डको राजधानी, वेलिंगटनमा तीव्र हावाको साथमा आएको आँधीको कारण प्रभावित तटीय क्षेत्रका घरका सयौं बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाइएको छ । यहाँ यातायात लगायतका सेवाहरुमा अझै अवरोध कायम रहेको जनाइएको छ । वेलिङ्गटनका मेयर एन्ड्र्यू लिटिलले खतरा उच्च छाल र तीव्र हावाको मौसमी चेतावनीको सुझाव दिदै ओविहिरो बे, आइल्यान्ड बे, हग्टन बे र ब्रेकर बे लगायतका तटीय क्षेत्रमा स्थानीय आपतकालको घोषणा गरेका छन् ।

न्युजिल्यान्डको मौसम विज्ञान विभागले लगभग ११ मिटर उचाइमा पुग्ने छालहरूले वेलिङ्गटनको हार्बरमा प्रहार गरेको रिपोर्ट गरेको छ भने आइल्यान्ड बेले तीव्र हावा र छालहरू तटीय सडकहरूमा फैलिएको जनाएको छ । मौसमी जोखिमले यातायातमा पनि बाधा पुगेको र १२८ किलोमिटर प्रति घन्टाको गतिमा हावा आउदा वेलिङ्गटन एयरपोर्ट जाने धेरै उडानहरू रद्द गरिएको जनाइएको छ ।

विभागले दक्षिण प्रशान्त र न्युजिल्यान्डको दक्षिणमा न्यून चापीय प्रणाली र शक्तिशाली आँधीका कारण तिव्र छालहरू आएको बताएको छ । न्यूजजिल्यान्डको मेटसर्विसले यो मौसमको घटना सोमबार फिलिपिन्समा आएको भूकम्पसहित कुनै पनि भूकम्पीय गतिविधि वा सुनामीसँग सम्बन्धित नभएको पुष्टि गरेको छ । चेतावनी र सावधानीका उपायहरू उच्च छाल र तीव्र हावाको पूर्वानुमान गर्ने मौसम पूर्वानुमानमा आधारित रहेर गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ५ : १३ बजे

साम्राको शतकमा पोखराको शानदार जित, कर्णाली ६३ रनले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले शानदार

पोखराले तोड्यो हारको सिलसिला, ६३ रनले कर्णाली पराजित (तस्बिरहरु)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि

संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा– छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ ।

मध्यावधि निर्वाचनपछि ट्रम्प र डेमोक्रेटबीच टकराव चुलियो, अनुसन्धानको चेतावनी

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि