न्युजिल्यान्डमा आँधीको कारण सयौँ विस्थापित « Khabarhub

न्युजिल्यान्डमा आँधीको कारण सयौँ विस्थापित


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अकल्याण्ड- न्यूजील्याण्डको राजधानी, वेलिंगटनमा तीव्र हावाको साथमा आएको आँधीको कारण प्रभावित तटीय क्षेत्रका घरका सयौं बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाइएको छ । यहाँ यातायात लगायतका सेवाहरुमा अझै अवरोध कायम रहेको जनाइएको छ । वेलिङ्गटनका मेयर एन्ड्र्यू लिटिलले खतरा उच्च छाल र तीव्र हावाको मौसमी चेतावनीको सुझाव दिदै ओविहिरो बे, आइल्यान्ड बे, हग्टन बे र ब्रेकर बे लगायतका तटीय क्षेत्रमा स्थानीय आपतकालको घोषणा गरेका छन् ।

न्युजिल्यान्डको मौसम विज्ञान विभागले लगभग ११ मिटर उचाइमा पुग्ने छालहरूले वेलिङ्गटनको हार्बरमा प्रहार गरेको रिपोर्ट गरेको छ भने आइल्यान्ड बेले तीव्र हावा र छालहरू तटीय सडकहरूमा फैलिएको जनाएको छ । मौसमी जोखिमले यातायातमा पनि बाधा पुगेको र १२८ किलोमिटर प्रति घन्टाको गतिमा हावा आउदा वेलिङ्गटन एयरपोर्ट जाने धेरै उडानहरू रद्द गरिएको जनाइएको छ ।

विभागले दक्षिण प्रशान्त र न्युजिल्यान्डको दक्षिणमा न्यून चापीय प्रणाली र शक्तिशाली आँधीका कारण तिव्र छालहरू आएको बताएको छ । न्यूजजिल्यान्डको मेटसर्विसले यो मौसमको घटना सोमबार फिलिपिन्समा आएको भूकम्पसहित कुनै पनि भूकम्पीय गतिविधि वा सुनामीसँग सम्बन्धित नभएको पुष्टि गरेको छ । चेतावनी र सावधानीका उपायहरू उच्च छाल र तीव्र हावाको पूर्वानुमान गर्ने मौसम पूर्वानुमानमा आधारित रहेर गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ५ : १३ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट