बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमण : अतिक्रमण हटाउन सात दिने अल्टिमेटम « Khabarhub

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमण : अतिक्रमण हटाउन सात दिने अल्टिमेटम


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल नहरको सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सातदिने अल्टिमेटम दिइएको छ ।

मङगलबार महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले एक सूचना जारी गरी महाकाली सिँचाइको मूल नहर तथा शाखा नहरहरूको सीमाभित्र स्वीकृतिबिना स्थायी र अस्थायी घरटहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, नहर पुरेर बाटो बनाउने, नहर संरचना भत्काउने, ढल तथा पानी नहरमा मिसाउने तथा नहरको पानीलाई अवरोध पुर्‍याउने कार्य गरेको पाइएकाले सात दिनभित्र भत्काउन वा हटाउन आग्रह गरेको हो ।

सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रमोद तिम्सिनाले तोकिएको समयमा संरचना नहटाए आवश्यक कारबाहीका साथै सो कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने बताए ।
 
उनले सिँचाइको पहिलो र दोस्रो चरणअन्तर्गत ७५ किलोमिटर मूल नहरमध्ये करिब २० किलोमिटर नहरको दायाँ बायाँ अतिक्रमण  गरिएको जानकारी दिए  । 

केही दिनअघि महेन्द्रनगरस्थित डिभिजन सडक कार्यालयले पनि गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको १२६ किलोमिटर महेन्द्र राजमार्गको अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको थियो ।  रासस

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ५ : १७ बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा