रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन « Khabarhub

रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मंगलबार एक विज्ञप्ति जारी गरी अधिवेशनका सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको जानकारी दिए ।

निर्वाचन आयोगले पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित)को दफा ४१ तथा दफा ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको प्रमुख केसीले बताए ।

मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत ढङ्गले सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएकाले हाललाई सबै गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त निर्णयसँगै प्रतिनिधि छनोट प्रक्रिया, निर्वाचन कार्यक्रम र कार्यतालिका, उम्मेदवारी दर्ता प्रक्रिया, चुनावी प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित अन्य सम्पूर्ण काम रोकिएका छन् ।

मधेस प्रदेशमा अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगबाट आधिकारिक रूपमा पछि जानकारी गराइने बताइएको छ ।

आयोगले अर्को निर्देशन जारी नभएसम्म मधेस प्रदेशमा अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेको छ  । 
 

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ६ : ०१ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध