रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन « Khabarhub

रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मंगलबार एक विज्ञप्ति जारी गरी अधिवेशनका सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको जानकारी दिए ।

निर्वाचन आयोगले पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित)को दफा ४१ तथा दफा ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको प्रमुख केसीले बताए ।

मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत ढङ्गले सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएकाले हाललाई सबै गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त निर्णयसँगै प्रतिनिधि छनोट प्रक्रिया, निर्वाचन कार्यक्रम र कार्यतालिका, उम्मेदवारी दर्ता प्रक्रिया, चुनावी प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित अन्य सम्पूर्ण काम रोकिएका छन् ।

मधेस प्रदेशमा अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगबाट आधिकारिक रूपमा पछि जानकारी गराइने बताइएको छ ।

आयोगले अर्को निर्देशन जारी नभएसम्म मधेस प्रदेशमा अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेको छ  । 
 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ६ : ०१ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका