रास्वपा कोशी प्रदेश अधिवेशन भोलि, सभापतिको दौडमा गेलालसहित आधा दर्जन « Khabarhub

रास्वपा कोशी प्रदेश अधिवेशन भोलि, सभापतिको दौडमा गेलालसहित आधा दर्जन


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशन भोलि जेठ २७ गते बुधबार विराटनगरस्थित जेसिज भवनमा आयोजना हुँदैछ । 

रास्वपा स्थापना भएपछि यो पहिलो अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला रास्वपा वृत्तमा चुनावी सरगर्मी निकै बढेको छ ।

यस पटक सभापतिको दौडमा उदयपुर–१ का प्रतिनिधि सभा सदस्य तथा रास्वपाको केन्द्रीय उद्योग विभागका सदस्य पारस मणी गेलाल मुख्य चर्चामा रहेका छन् । गेलाल यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लाका सभापतिहरू र प्रतिनिधिहरूसँग आफ्नो पक्षमा माहौल बनाउन र समन्वय गर्न निकै सक्रियताका साथ लागिरहेका छन् ।

सुनसरीका एक रास्वपा नेताका अनुसार गेलालको उम्मेदवारीले कोशी प्रदेशमा विशेष अर्थ राख्छ । उदयपुर स्थायी घर भएकाले उनलाई उदयपुरको पूर्ण साथ रहेको देखिन्छ । यसका साथै कोशी प्रदेशका सबै पहाडी जिल्लाहरू र सुनसरीका ६० प्रतिशत प्रतिनिधिको समर्थन पनि उनको पक्षमा रहेको दाबी गरिएको छ । 

मोरङ र झापा जस्ता ठूला जिल्लाहरूमा समेत गेलालको बलियो पकड रहेकाले उनलाई एक प्रभावशाली र सर्वस्वीकार्य उम्मेदवारका रूपमा हेरिएको सुनसरीका रास्वपा नेता बताउँछन् ।

अधिवेशनमा नेतृत्वका लागि गेलाल बाहेक अन्य आधा दर्जनभन्दा बढी नेताहरूले पनि आफ्नो आकांक्षा देखाएका छन् । जसमा हालका कार्यवाहक सभापति सरिन तामाङ र प्रदेश कोषाध्यक्ष चन्द्र राई रहेका छन् । 

तामाङ गत निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार थिइन् भने राई वर्तमान कार्यसमितिमा सक्रिय छन् । यस्तै, कोशी–काठमाडौँ विभागमा रहेका राजन दाहाल, केन्द्रीय सहकारी विभागका उपप्रमुख चन्द्र गौली र ताप्लेजुङका पूर्व सभापति वीरेन्द्र श्रेष्ठ पनि सभापति पदका आकांक्षीका रूपमा रहेका छन् ।

आकांक्षीहरूको संख्या धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनको सम्भावना न्यून रहेको नेताहरू बताउँछन्  । रास्वपाको विधान अनुसार यदि सर्वसम्मति हुन नसकेमा निर्वाचन दुई चरणमा सम्पन्न हुनेछ  । पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ र निर्वाचित सदस्यहरू मध्येबाटै दोस्रो चरणमा अन्य पदाधिकारीहरूको चयन गरिने व्यवस्था रहेको छ ।

कोशी प्रदेश कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, दुई जना सहमहामन्त्री (फरक लिंग), कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था छ । भोलि हुने यस अधिवेशनले कोशी प्रदेशमा रास्वपाको भविष्य र संगठनको स्वरूप कस्तो हुनेछ भन्ने कुराको फैसला गर्नेछ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ६ : ०८ बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा