इरानका समर्थकका लागि छुट्याएको विश्वकप टिकट फिफाले खोस्यो « Khabarhub

इरानका समर्थकका लागि छुट्याएको विश्वकप टिकट फिफाले खोस्यो


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी फिफा विश्वकपका खेलहरूमा इरानका समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा फिर्ता गरिएको इरानको फुटबल संघले जनाएको छ।

समाचार संस्था एसोसियट प्रेसका अनुसार फिफाले संयुक्त राज्य अमेरिकामा हुने इरानका तीनवटा विश्वकप खेलका लागि समर्थकहरूलाई दिइने टिकट वितरण अधिकार रद्द गरेको हो।

विश्वकपमा सहभागी ४८ राष्ट्रका प्रत्येक संघलाई स्टेडियम क्षमताको करिब ८ प्रतिशत टिकट प्राप्त गर्ने र वितरण गर्ने अधिकार रहने व्यवस्था छ। तर इरान फुटबल संघका अनुसार अब उनीहरू आफ्ना समर्थकलाई कुनै पनि टिकट उपलब्ध गराउन असमर्थ भएका छन्।

इरानले १५ जुनमा न्युजिल्यान्डविरुद्ध लस एन्जलसस्थित इनगलवुड स्टेडियममा आफ्नो अभियान सुरू गर्नेछ। त्यसपछि इरानले २१ जुनमा बेल्जियम र २६ जुनमा इजिप्टसँग खेल्ने तालिका छ।

इरान फुटबल संघका अधिकारीहरूले केहीलाई अमेरिकी भिसा नदिइएको पनि बताएका छन्, जसका कारण टोलीको व्यवस्थापन र तयारीमा असर परेको बताइएको छ।

यसैबीच इरानको टोलीले पूर्व योजना अनुसार अमेरिकी एरिजोनाको टक्सनमा प्रशिक्षण गर्ने योजना रद्द गरी मेक्सिकोको टिजुआना सहरलाई आधार बनाएको छ।

प्रतिबन्ध र राजनीतिक तनावका कारण इरानका समर्थकहरू अमेरिका प्रवेश गर्न कठिनाइ हुने अनुमान पहिले नै गरिएको थियो।

यसै विषयमा जियान्नी इन्फ्यान्टिनोले पहिले नै विश्वकपमा सहभागी हुने टोलीका समर्थक र अधिकारीहरूले प्रतियोगितास्थलमा पहुँच पाउनुपर्ने बताएका थिए। उनले अन्यथा विश्वकपको अर्थ कमजोर हुने तर्क पनि गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ६ : ५७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका