कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा « Khabarhub

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने तथा रोगबाट सुरक्षित राख्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । उनले घोषणा केवल उपलब्धिमा सीमित नरही आगामी दिनमा पनि नियमित खोप सेवाको दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

स्वास्थ्य कार्यालयका अधिकृत जनक कुँवरका अनुसार जिल्लाभर रहेका १६८ खोप केन्द्रमार्फत शून्यदेखि १५ महिनासम्मका आठ हजार ६३७ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ ।

यस्तै, विगतमा खोप लगाउन छुटेका १३८ बालबालिकालाई पनि बिसिजी, ओपिभी, पिसिभी, रोटा, एफआइपिभी, दादुरा–रुबेलालगायत आवश्यक खोप लगाइएको उनको भनाइ छ ।

जन्मदेखि ११ महिनासम्मका सात हजार ९८८, ११ देखि २३ महिनासम्मका सात हजार ८७७ बालबालिका, नौ हजार ४२७ गर्भवती तथा २४ देखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेको अधिकृत कुवँरले बताए ।

कार्यक्रममा खोप अभियानमा योगदान पुर्‍याएका विभिन्न पालिकाका खोप सहजकर्ता तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ७ : ५५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल