हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ « Khabarhub

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा ठूलो पर्दामा देखिने भएका छन् ।

‘दले दाइ’को चरित्रबाट चर्चामा आएका कोइरालाको डेब्यू फिल्मको नाम ‘तिरिमिरी झ्याइँ’ हो । उनकै विज्ञता रहेको रहेको केमेडी जनरामा यो फिल्म बन्ने बताइएको छ ।

यस फिल्मको बिहीबार काठमाडौंको एक मन्दिरमा शुभ मुहूर्त गरिएको हो ।

फिल्ममा नायक धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाललगायतको अभिनय रहने बताइएको छ ।

निर्देशक समीरले यो फिल्म पूर्ण केमेडी रहेको बताए । उनले भने, ‘सुरुदेखि अन्त्यसम्मका दर्शक हँसाउने फिल्म हो ।’

उनका अनुसार फिल्मको सुटिङ असार २९ बाट सुरु हुनेछ ।

आभास अधिकारीको कथा तथा कन्सेप्टमा फिल्म बन्ने भएको हो । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन्।

अधिकारी कार्यकारी निर्माता पनि हुन् । राइजन मोसन पिक्चर्सको ब्यानरमा बन्ने यस फिल्मको निर्माता प्रद्युम्न बोगटी ‘प्रवीन’ हुन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ४ : २५ बजे

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन