पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने « Khabarhub

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज ३० बाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले क्रोएसियाको प्रदर्शन अधिकार बिक्री भएको बताउँदै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

यस फिल्ममा पलसहित बिपना थापा, नायक आकाश श्रेष्ठ र नायिका मलिका महत शीर्ष भूमिकामा छन् ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मको लेखक र निर्देशक चन्द्र पन्त हुन् ।

दशैँको लामो बिदा लक्षित गरी प्रदर्शनमा ल्याउन लागिएको यो फिल्म फूलपातीको अघिल्लो दिनबाट हलमा लाग्नेछ ।

यो दशैँमा ‘छक्का पञ्जा’ टिमको फिल्म ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र अनमोल केसी स्टारर ‘बाटूलो जुन’ प्रदर्शनमा आउने चर्चा छ । यो अवस्थामा ‘आबाट आमा २’ले बक्स अफिसमा कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

तर पललाई केही राहत छ । यो हिट फिल्म ‘आबाट आमा’को सिक्वेल हो । ‘आबाट आमा’ पलको करिअकै हिट फिल्म हो ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ५ : २७ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल