काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना « Khabarhub

काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा मासु पसलमा गरिएको संयुक्त अनुगमनका क्रममा खाद्य स्वच्छता र उपभोक्ता संरक्षणसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकले जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, नमोबुद्ध नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित असार २४ गते संयुक्त अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा नमोबुद्ध–७ स्थित रोयल मःम एण्ड नेवारी खाजा घरले डेढ वर्षदेखि व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, भान्सामा झिंगा र साङ्ला देखिएको, शुद्ध पिउने पानीको व्यवस्था नगरेको लगायतका कमजोरी भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यसैगरी लोटस बेकरी एण्ड सपमा म्याद सकिएको कृत्रिम रंग प्रयोग गरी केक बनाएको पाइएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। पसलबाट म्याद सकिएका चार बोतल कृत्रिम रंग समेत नष्ट गरिएको विभागले जनाएको छ ।

उत्सव चिकेन हाउसले होटल सञ्चालनका लागि आवश्यक दर्ता नगरेको, खरिद–बिक्री बिल प्रयोग नगरेको तथा सरसफाइको उचित व्यवस्था नगरेको पाइएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यहाँबाट म्याद सकिएका २५ बोतल हल्का पेय पदार्थ समेत नष्ट गरिएको छ ।

यस्तै माता चण्डेश्वरी मिठाइ पसलमा खुला रूपमा खाद्य पदार्थ राखिएको, फोहोर पानी ट्याङ्की तथा पुनः प्रयोग गरिएको तेल भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। पसलमा प्रयोग भइरहेको करिब पाँच लिटर तेल नष्ट गरिएको विभागले जनाएको छ ।

नेवारी खाजा एण्ड भान्छा घरमा सरसफाइको अवस्था कमजोर रहेको, म्याद नाघेका खाद्य पदार्थ छुट्टै नराखिएको तथा खुला रूपमा पकाइएका खाद्य पदार्थ राखिएको पाइएपछि २५ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै म्याद सकिएका पेय पदार्थ र बियरसमेत नष्ट गरिएको छ ।

अनुगमनमा पूर्ण किराना स्टोर र प्राप्ती किराना स्टोरमा भने सामान्य सुधारका लागि निर्देशन दिइएको छ । विभागका अनुसार सात वटा व्यवसायको अनुगमन गरिएकोमा कुल तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । खाद्य स्वच्छताको मापदण्ड कडाइका साथ पालना गर्न सबै व्यवसायीलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ६ : २९ बजे

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य