व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला « Khabarhub

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाचँ कट्ठा जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारीखेतीले उनको व्यस्तता बढाउनुका साथै आर्थिक रूपमा पनि सबल बनाएको छ ।

लौका, करेला, घिरौलालगायत तरकारी अहिले थरुनीको बारीमा लटरम्म फलेका छन् । दैनिक रु एक हजार ५०० देखि रु दुई हजारसम्मको तरकारी बिक्री हुने उनले जानकारी दिइन् । उनले आफना ग्राहकलाई बारीबाट ताजा तरकारी बेच्नुका साथै बाँकी तरकारी स्थानीय हाटबजारमा लैजाने गरेकी छन् ।

आफैँले आम्दानी गर्न थालेपछि थरुनीले आफ्नो परिवार सुखी र सम्पन्न हुँदै गएको प्रतिक्रिया दिइन् । साथै अहिले महिला हिंसा र आफ्नो हकअधिकारको बारेमा सक्षम भएको उनको भनाइ छ ।

चन्द्रपुर नगरपालिका– ७ की दिलकुमारी काफ्लेले पनि व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि आर्थिक रूपमा सबल बन्दै गएको बताइन् । बाख्रापालनबाट आफूले आर्थिक आम्दानीका साथै जीविकोपार्जन सहज भएको उनको भनाइ छ । चन्द्रपुर–७ की सुनिता माझीले किराना पसल सञ्चालन गरेर जीविकोर्पाजन गर्दै आइरहेकी छन् ।

राजपुर नगरपालिका–९ बैरियाकी मिना देवीले पनि व्यावसायिक रूपमा तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेकी छन् । तरकारीखेतीबाट आएको आम्दानीले छोराछोरी पढाउने, अन्य घर खर्च चलाउनेलगायत खर्च गर्न सबल भएको उनले बताइन् । त्यस्तै राजपुर९ की गुलसन खातुनले घरमा टेलर सञ्चालन गरी स्वरोजगार बनेकी छन्। अहिले आफ्नो घर खर्च चलाउन कसैसँग भर पर्नु नपर्ने उनको भनाइ छ ।

त्यस्तै राजपुर–५ स्कुलटोलकी जरिमा खातुनले टेलर चलाएर तीन छोरा र तीन छोरीको पढाइ खर्च जुटाएकी छन् । आफू आर्थिक रूपमा सबल हुनुका साथसाथै तथा समाजमा लैगिङ्क हिंसा न्यूनीकरणका लागि सचेतना फैलाउँदै आएको उनले बताइन् ।

यी महिला एउटा उदाहरणको पात्र मात्रै हुन् । यस्ता महिला रौतहटमा एक हजारभन्दा बढी हुन्। ग्रामिण विकास केन्द्र नेपालले सञ्चालन गरेको लैङ्गिक हिंसा न्यूनीकरण परियोजनामा आबद्ध एक हजार महिला अहिले स्वरोजगारका माध्यमबाट आर्थिक रूपमा सबल बनिरहेका सोही संस्थाका कार्यक्रम संयोजक धर्मेन्द्र साहले बताए ।

राजपुर र चन्द्रपुर नगरपालिकाका १२ वटा वडामा लैङ्गिक हिंसालाई सम्बोधन गर्दै लक्षित समुदायको सामाजिक तथा आर्थिक सवलीकरण गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरी स्वस्थ्यमा सुधारको सुनिश्चिता गर्ने किसिमका कार्यक्रम सञ्चालन भइरहेका संयोजक साहले बताए ।

राजपुर १, २, ३, ४, ५, ६, ९ र चन्द्रपुर १, २, ५, ७ र ८ वडामा आर्थिक सवलीकरणमार्फत लैङ्गिक हिंसाबाट प्रभावित वा जोखिममा रहेका महिलालाई समाजमा पुनःस्थापना गर्ने, उनीहरूको जोखिमस्तर कम गराउन सचेतना फैलाउने, स्वरोजगार बनाउनेलगायत काम गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।

चन्द्रपुर नगरपालिकामा १७ वटा समूहमा ४३० र राजपुर नगरपालिकामा २३ वटा समूहमा ५८० जना महिलालाई प्रतिव्यक्ति रु ६५ हजारका दरले व्यवसाय सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्दै आएको उनले जानकारी दिए। उनीहरूको रोजाइ अनुरुपका कार्यक्रम सञ्चालनमा सहयोग गर्दै आइएको उनले बताए ।

यसैबीच सोही परियोजनाअन्र्तगत सामाजिक सशक्तीकरणका लागि सामुदायिक सिकाइ तथा संरक्षण केन्द्र स्थापना गरेर लैङ्गिक हिंसा न्यूनीकरणका कामहरू भइरहेका कार्यक्रम संयोजक साहले बताए । किशोरीलाई लक्षित गरी चन्द्रपुर नगरपालिकाभित्र परियोजना सञ्चालित पाँच वटा वडामा १० वटा सामुदायिक सिकाइ केन्द्र तथा संरक्षण केन्द्र सञ्चालनमा रहेका जनाउँदै उनले राजपुर नगरपालिकाभित्रका सात वडामा १४ वटा केन्द्र सञ्चालन भइरहेका उल्लेख गरे ।

हालसम्म दुई हजार ४०० बालबालिकाले केन्द्रबाट रुपान्तरण पाठ्यांश (कोर्स) पूरा गरिसकेका साहले जानकारी दिनुभयो । विद्यालय वा मदरसाबाट बाहिर भएका किशोरीलाई रुपान्तर विधिबाट जीवनोपयोगी सीप सिकाउँदै सामाजिक अभियानमा सहभागी गराउने र नेतृत्व विकासमा सहयोग गर्ने लक्ष्य राखिएको उनले बताए । सिकाइ केन्द्रहरू एक दिन बिराएर तीन घण्टाका दरले सञ्चालन गरिँदै आइएको उहाँले जानकारी दिए ।

महिलालाई व्यवसायसँगै आवश्यक तालिम, वित्तीय साक्षरता, समय समयमा प्रशिक्षण दिने र घरका पुरुषलाई समूहमा आबद्ध गराउँदै लैङ्गिक हिंसा तथा महिला अधिकारका बारेमा प्रशिक्षण दिँदै आइएको ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेनले बताए । समूहका महिलालाई वित्तीय साक्षरता, अन्तरपुस्ता संवाद, नेतृत्व विकासलगायत विविध पक्षका बारेमा नेतृत्व विकास गरी क्षमता बढाउन मद्दत पुग्ने विषयमा प्रशिक्षण दिइरहेको उनले बताए ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ८ : २४ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र