एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई « Khabarhub

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी भएका थिए।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार सुझाव संकलन अभियानबाट प्राप्त राय, सुझाव र निष्कर्षलाई समेटेर तयार गरिने प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा संगठनात्मक दिशा निर्धारणमा महत्वपूर्ण आधार तयार गर्नेछ । प्रतिवेदन अन्तिम भएपछि पार्टी नेतृत्वसमक्ष पेश गरिने तयारी गरिएको उनले जानकारी दिए ।

निर्वाचनपछिको समीक्षा, पार्टीको पुनर्ताजगीकरण तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले देशव्यापी रूपमा नेता–कार्यकर्ता, जनप्रतिनिधि, जनसङ्गठनका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष छलफल गर्दै सुझाव संकलन गरेको थियो। कार्यदलका अनुसार अभियानमा प्राप्त सुझावहरू पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण, नेतृत्व विकास, कार्यशैली सुधार र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने विषयमा केन्द्रित रहेका छन् ।

बैठकले सुझाव संकलन कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रदेश, जिल्ला तथा सम्बन्धित पार्टी कमिटीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै अभियानमा सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव दिने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

कार्यदलले देशभरबाट प्राप्त सुझावहरू पार्टी पुनर्गठनको भावी कार्ययोजना निर्माणका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेको छ । प्रतिवेदन अन्तिम भएपछि त्यसका आधारमा पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाइने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ८ : ४० बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग