आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६ अगष्ट १० तारिख। साउन कृष्ण पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। सम्पत्तिको स्रोत पत्ता लाग्नेछ। डुब्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्य सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा भाग्यको उदय हुनेछ। विदेशी लगानीमा नाफा हुनेछ।

मिथुन : दिन राम्रो छ। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। आफन्तको साथ र सहयोग मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट : दिन सामान्य छ। आफन्तले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। ठुलाको सम्मान गर्न सके सोचेको काम बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीले आक्रमण गर्ने हुँदा व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक र शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। शनिको प्रभावले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। श्रम शोषण गर्नेको संख्या बढेको छ। अप्रिय कुरा सुन्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा भने अग्रजको साथ मिल्नेछ। परिवाभित्र गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। नयाँ साथीसँगको भेटले मनमा हौसला बढ्नेछ। ठुला व्यक्तिसँगको भेटले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने हुनसक्छ। परिवारमा खुशी साट्ने अवसर प्राप्त होला।

वृश्चिक : दिन सामान्य छ। आफ्नो कामप्रति असन्तुष्टि बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

धनु : दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। राम्रो बन्न मन लाग्नेछ। राजनीतिक क्षेत्रमा सक्रिय नहुँदा फाइदा होला। सामाजिक कामले तपाईंको नाम र दाम बढ्नेछ।

मकर : दिन सामान्य छ। यात्रामा समस्या हुनेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। विपक्षी सक्रिय भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। डुब्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। विपक्षी विवादमा फस्दा तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ । शिक्षामा गरेको प्रयाससफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ५ : १५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्