चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको ठक्करबाट सोमबार बिहान एक पैदलयात्रीको मृत्यु भएको छ।

महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले बाटो काट्दै गरेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएकोमा चिकित्सकले बिहान ३:१५ बजे मृत घोषणा गरेका हुन्।

मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेको चितवन प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : ४४ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान